काठमाडौं- नेपाली समाजमा ज्वाईँको कत्तिको इज्जत हुन्छ ? त्यो भनिरहने कुरा होइन ।
यही इज्जत र मायाले गायिका मेलिना मैनालीकी आमा राति-राति मेला महोत्सव र कन्सर्टसम्म पुग्न थालेकी छिन् ।
एक समय थियो, उनले आफ्नी छोरी मेलिनालाई राति घर बाहिर नजान भन्थिन् । अझ मेला महोत्सव र कन्सर्टको भिडमा त पठाउने सम्भाव नै रहेन ।
तर अहिले समय बदलिएको छ । कमल खत्रीसंग मेलिनाको बिहे भएपछि त उनी ‘ज्वाईँको कार्यक्रम’ भन्दै झापा जिल्ला भरीका कार्यक्रम भ्याउँछिन् ।
अझ राति जान त आफ्ना श्रीमानलाई समेत कन्भिन्स्ड गराएर लैजान्छिन् । ...
बदलिएकी गायिका मेलिनाकी आमा


