काठमाडौं- फिल्म उद्योगका दृष्टिले चितवन क्रमशः ‘फिल्म सिटी’ का रूपमा स्थापित हुँदै गएको छ । यहाँका पर्यटकीय स्थलहरू मात्र नभई ग्रामीण र पहाडी क्षेत्रसमेत छायांकनका लागि उपयुक्त बन्दै गएका हुन् । सौराहा, मेघौली, ईच्छाकामना, पटिहानी, गोलाघाट, शक्तिखोरदेखि सिमलढापसम्मका रमणीय स्थानहरू पछिल्लो समय लोकेशन हन्टिङको केन्द्र बन्दै गएका छन्।
यसै क्रममा निर्देशक राजु गिरी आफ्नो नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को छायांकन तयारीका लागि मंगलबार चितवन पुगेका छन् । उनलाई नायक सागर लम्साल ‘बले’, मुख्य सहायक निर्देशक बिनयराज पौडेल, छायाँकार श्याम तामाङ पत्रकार राजेन्द्र आचार्य लगायतको टोलीले साथ दिएका थिए।
निर्देशक ...
चितवन फिल्म सिटि बन्दै, ‘डल्लेले इन्ट्री मार्यो’ को भरतपुरमा छायांकन


