‘जारी २’ को नयाँ रिलिज डेटः अब कात्तिक २१ गते प्रदर्शनमा आउने

KalakarmiKalakarmiSourceSep 18, 20251 min read
‘जारी २’ को नयाँ रिलिज डेटः अब कात्तिक २१ गते प्रदर्शनमा आउने
काठमाडौं– असोज ३ गते अर्थात संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘जारी–२ः सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेन–जी पुस्ताको आन्दोलनका कारण प्रचार–प्रसारको लागि समय अपुग भएका कारण फिल्मको नयाँ रिलिज डेट तय गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताएका छन् । त्यसो त यसअघि पहिलो पटक कात्तिक ६ गतेलाई नयाँ प्रदर्शन मिति बताइए पनि अब भने यो फिल्म कात्तिक २१ गतेमात्र प्रदर्शन हुने भएको छ । फिल्मको निर्माण टिमले बुधवार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक २१ गतेलाई प्रदर्शन मिति घोषणा ...