अमेरिकाको बक्स अफिसमै रिलिज हुँदै ‘हरिबहादुरको जुत्ता’, कम्तिमा ८० पर्दा पाउने

KalakarmiKalakarmiSourceSep 18, 20251 min read
अमेरिकाको बक्स अफिसमै रिलिज हुँदै ‘हरिबहादुरको जुत्ता’,  कम्तिमा ८० पर्दा पाउने
काठमाडौं– दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ नेपालमा घोषित मिति मै रिलिज हुने भएसँगै अमेरिकाको प्रदर्शन पनि निश्चित भएको छ । यो फिल्म अमेरिकाका ८० पर्दामा प्रदर्शन हुन लागेको वितरक कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले पुष्टि गरेको छ । यो कम्पनीका प्रमुख आहान पौडेल हुन् । यही फिल्ममार्फत वितरणमा डेब्यू गर्न लागेका उनी नेपालका स्थापित फिल्म वितरक उज्वल पौडेलका छोरा हुन् । टेक्सासमा बसोबास गर्दै आएका आहानले ‘हरिबहादुरको जुत्ता’ अमेरिकाको बक्स अफिसमै रिलिज हुने जानकारी दिएका छन् । यो फिल्मलाई अमेरिकाका ठूला मल्टीप्लेक्स चेनहरू सिनेमार्क, सिनेपोलिस, ...