काठमाडौं- धेरै फिल्मको छायांकनलाई किनारा लगाएर, कतिका छायाङकन रोकेर त कतिको सेड्युल पछि सारेर कलाकार दयाहाङ राई अमेरिका लागेका थिए ।
उनी युएस आर्मी बन्न त्यता लागेको जानकारी प्राप्त भएको छ । उनले अमेरिकन आर्मीको युनिफर्म लगाएको तस्विर बाहिरिएसंगै यो खबर पुष्टि भएको हो ।
उनी फिल्म ‘द वर्ल्ड्ज ह्यापिएस्ट म्यान: भुठान’ का लागि अमेरिका पुगेका हुन् । निर्माण टिम अन्तर्गतबाटै एक तस्विर सार्वजनिक गरिएको छ, जहाँ दया अमेरिकन आर्मी बनेको स्पष्ट हुन्छ । फिल्ममा हलिउड एक्टर ब्रुस डर्न पनि जोडिएका छन् ।
बिनोद पौडेलको निर्देशन रहने फिल्ममा हरिवंश आचार्य मुख्य भुमिकामा ...
आर्मी बन्न अमेरिकामा दया !


