सोमवारदेखि खुल्ने भए सिनेमा हल

KalakarmiKalakarmiSourceSep 14, 20251 min read
सोमवारदेखि खुल्ने भए सिनेमा हल
काठमाडौं– गत भदौ २४ गते मंगलवारदेखि बन्द भएका देशभरिका सिनेमा हलहरु भदौ ३० गते सोमवारदेखि खुल्ने भएका छन् । सुरक्षा मापदण्ड पूरा गर्दै सिनेमा हलहरु सञ्चालनमा आउन लागेका हुन् । फिल्म प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघको आइतवार बसेको बैठकले देशका १ सय ६४ वटा सिनेमा हल सोमवारदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यी सिनेमा हलहरु राति १० बजे भित्र बन्द गरिसक्ने गरि सञ्चालनमा ल्याउन लागिएको हो । विराटनगरको भाटभटेनी सुपरस्टोरमा रहेको क्यूएफएक्स सिनेमा हल भने अहिले सञ्चालनमा आउने छैन । जेन–जीको प्रदर्शनका क्रममा सबैभन्दा ठूलो क्षति विराटनगरको क्यूएफएक्स सिनेमा हललाई ...