काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शनका कारण छ दिनदेखि बन्द भएका सिनेमाहरु सोमवारदेखि सुचारु हुने भएपछि भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कोशेढुङ्गा’ को प्रदर्शन सुचारु हुने भएको छ ।
फिल्मको निर्माण संस्था नरदेवी फिल्म्सले आइतवार दिउँसो सामाजिक सञ्जालमार्फत ‘कोशेढुङ्गा’ को नियमित प्रदर्शन सोमवारदेखि सुचारु हुने जनाएको हो ।
नरदेवी फिल्म्सले जारी गरेको प्रेस विज्ञप्ती भनिएको छ– ‘देशमा आइपरेको विषम परिस्थितिको कारण मुलुकका हरेक क्षेत्र प्रभावित भएको छ । यो आन्दोलनमा सहिद भएका सबै सपुतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते युवाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’
‘समयले दिएको शिक्षालाई आत्मसात गर्दै सामान्य जनजीवनमा फर्किनुको कुनै ...
सोमवारदेखि सिनेमा हलमा ‘कोशेढुङ्गा’ को निरन्तरता


