प्रहरी चौकी पुनर्निमाणका लागि निर्माता पोखरेलले घोषणा गरे आर्थिक सहयोग

KalakarmiKalakarmiSourceSep 12, 20251 min read
प्रहरी चौकी पुनर्निमाणका लागि निर्माता पोखरेलले घोषणा गरे आर्थिक सहयोग
काठमाडौं– काठमाडौंको कोटेश्वरका पुराना वासिन्दा तथा स्थापित फिल्म मेकर सुशील पोखरेलले गत भदौ २३ तथा २४ गतेको प्रदर्शनको क्रममा ध्वस्त पारिएको कोटेश्वरको पुनर्निमाण तथा सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । हरि ओम सिने मेकर्स प्रालिका सञ्चालक तथा निर्माणाधिन नेपाली फिल्म ‘परालको आगो’ का प्रस्तुतकर्ता तथा निर्माता पोखरेलले कोटेश्वर चौकमा रहेका प्रहरी चौकीलाई पुनः सञ्चालनमा ल्याउन पहलकदमी गर्न अनिवार्य भएकाले आफ्नो तर्फबाट २० हजार रुपैयाँ नगद आर्थिक सहयोग उपलब्ध गराएको जानकारी गराएका छन् । ‘विगतमा पनि हामी कोटेश्वरबासीहरुले सामुहिक रुपमा नै ट्राफिक र प्रहरी चौकी निर्माण गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेका ...