काठमाडौं– अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको नेपाली फिल्म ‘झरी पछिको इन्द्रेणी’ मा ‘धन्य धन्य लोकेश्वर’ बोलको गीत समावेश गरिने भएको छ ।
नेवारी गीत ऐला लुवया, सालगु गाचाबाट लोकप्रिय भएका गायक रोजमान महर्जनले यो गीतमा स्वर दिएका छन् । उनलाई यो गीतको गायनमा गायिका रत्नशोभा महर्जनले साथ दिएकी छिन् । यो गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थप्ने आशा गरिएको छ ।
गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका हुन् । बाँसुरीमा रुबिन श्रेष्ठ, खिन–मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ तथा गिटारमा सुरेन्द्र श्रेष्ठकै प्रस्तुति रहेको छ ।
गीतको मिक्सिङ र मास्टरिङ पनि ...
रोजमानले पहिलो पटक गाए नेपाली फिल्मको गीत


