काठमाडौं । निर्देशक कृषा चौलागाईंको जन्मदिनको अवसर पारेर चलचित्र ‘पारस’ निर्माणको घोषणा गरिएको छ । बुधबार साँझ राजधानीको कालोपुलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा चलचित्रको औपचारिक घोषणा गरिएको हो । निर्देशक चौलागाईंकै कथा तथा निर्देशनमा बन्ने यस चलचित्रको लगानी उहाँका भाई विशाल चौलागाईंले गर्नुहुनेछ । सचिन लदियाले लेखन गरिरहेको चलचित्रको छायांकन (डिओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्
‘पारस’ निर्माण घोषणा, पुरुषोत्तम प्रधान डिओपी


