काठमाडौं- निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर नयाँ फिल्म ‘पारस’ को घोषणा भएको छ ।
भदौ १८ गते बुधवार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो । यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ ।
उनकै भाई विशाल चौलागाइँको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन् । निर्माण पक्षले फिल्मको डिओपी पुरुषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ । यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’र ‘पिताम्बर’ निर्माणमा सहकार्य गरेका थिए । उनीहरुको यो तेस्रो सहकार्य हो ।
निर्माता विशालकोे पनि यो टिमसँग तेस्रो नै सहकार्य हो । केपी फिल्मस्का ...
कृषाको जन्मदिनमा ‘पारस’ को घोषणा, पुरुषोत्तमले खिच्ने


