काठमाडौ- बाबुछोरीको पारिवारिक कथा बोकेको ‘चित्रा’ फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ ।
निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको फरवरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोसनी पार्कमा प्रमियर हुनेछ ।
निर्माताबाट अभिनेतामा डेब्यू गरेका सन्तोष अधिकारीले सो प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु समेत सहभागी हुने जानकारी दिएका छन् ।
फिल्मबाट मिलेको प्रतिक्रियाबाट हौसिएका अधिकारीले आफ्नो कर्मभूमि अष्ट्रेलियाका फिल्ममेकरले जन्मभूमि नेपाललाई आफ्नो छायाँकन गन्तव्यका रुपमासमेत चिनुन भन्ने उदेश्यले सिनेमाको प्रिमियर गर्न लागिएको जानकारी दिए। उनले पर्यटनलाई पनि केही टेवा मिल्न सक्ने बताए ।
उनले यसलाई आफ्नो देशका लागि गरेको ...
अष्ट्रेलियमा फिल्म ‘चित्रा’ को रेड कार्पेट प्रीमियर, कलाकारदेखि स्थानिय मेयरसम्म सहभागी हुँदै


