काठमाडौँ– कृषा चौलागाईंको निर्देशनमा फिल्म ‘पिताम्बर’ बन्ने भएको छ। फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणकाे घोषणा गरिएको हो। यो उनको दोस्रो निर्देशन हो। यसअघि कृषाले फिल्म ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन्। फिल्म निर्माताको छवि बनाएकी कृषा ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’की निर्माता हुन्। माघ अन्तिमबाट छायांकन सुरु हुने […]
‘पिताम्बर’ निर्देशन गर्दै कृषा


