आलेको निर्देशनमा ‘पूरा भयो सपना मेरो’ बन्ने

KalakarmiKalakarmiSourceAug 31, 20251 min read
आलेको निर्देशनमा ‘पूरा भयो सपना मेरो’ बन्ने
काठमाडौं– निर्देशक मिलन आले मगरको निर्देशनमा नयाँ नेपाली फिल्म ‘पूरा भयो सपना मेरो’ बन्ने भएको छ । सामाजिक प्रेम कथामा आधारित हुने यो फिल्मको छायांकन दशैँलगतै प्रारम्भ गरिने बताइएको छ । रोशिका फिल्मसको प्रस्तुति रहने यो फिल्मका कलाकार तथा प्राविधिकका बारे अहिले केही पनि जानकारी गराइएको छैन । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैले लेखेका हुन् । यसअघि लक्ष्य, सत्या, हिँड्दा हिँड्दैलगायतका फिल्म निर्देशन गरेका निर्देशक आले मगर ‘पूरा भयो सपना मेरो’ भरपुर मनोरञ्जन हुने बताउँछन् ।