तेश्रो युवा लघु सिनेमा प्रतियोगिताः ‘ईग्लू’ लाई प्रथम पुरस्कार

KalakarmiKalakarmiSourceAug 31, 20251 min read
तेश्रो युवा लघु सिनेमा प्रतियोगिताः ‘ईग्लू’ लाई प्रथम पुरस्कार
काठमाडौं– दुई दशकभन्दा लामो समयदेखि नेपालमा फिल्म विषय अध्यापन गराउँदै आएको अस्कर अन्तर्राष्ट्रिय कलेजले आयोजना गरेको तेश्रो युवा लघु सिनेमा (सर्ट फिल्म) प्रतियोगिताको प्रथम पुरस्कार उज्जवल श्रेष्ठको ‘ईग्लू’ ले जितेको छ । प्रथम हुँदै नगद एक लाख रुपैयाँ पाएको यो सर्ट फिल्मले लागूऔषधमा फसेकी बहिनी तथा उनका दाजुबीचको सम्बन्धलाई कसरी एक स्वैर–काल्पनिक पात्रले बाटो देखाउँछ भन्ने कथा पेश गर्छ । काठमाडौंको सुकेधारास्थित कलेजकै साधना घर प्रेक्षालयमा सम्पन्न उत्कृष्ट दश फिल्मको प्रदर्शनी तथा पुरस्कार घोषण एवम् वितरण कार्यक्रममा निर्णायकहरू शवनम मुखिया, सुजित बिडारी तथा नविन चौहानले विजेताहरूलाई पुरस्कृत गरेका हुन् । ...