काठमाडौं- अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले फिल्म पारिवारिक कथामा आधारित रहेको देखाएको छ ।
झण्डै २ मिनेट ३५ सेकेण्ड लामो ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले उनको दोश्रो विवाह गर्ने कुरा गरेपछिको उत्पन्न परिस्थितिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
यसबाहेक आफ्नो कमजोरी लुकाउन दोश्रो विवाह टार्दै आएका दयामाथि अर्की एक युवतीले आफ्नो सन्तानको बाबु भएको आरोप लगाएको प्रसंगलाई ट्रेलरमा देखाइएको छ ।
यी दुई घटनाक्रमको उतारचढाव नै फिल्मको कथा भएको ट्रेलरबाट बुझ्न ...
‘दयारानी’ को ट्रेलर: सिचुयसनल कमेडीले भरपुर


