काठमाडौं– आगामी फागुन २५ गते महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ ।
शनिवार रिलिज गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ ।
यसको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले आकर्षक नृत्य गरेका छन् । भिडियोको बिच बिचमा फिल्मका दृश्यहरू राखिएका छन् । कोरियोग्राफी शिशिर खातीले गरेका छन् ।
यस फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । सुवेदी नै यसका लेखक हुन् । रङ्गेलीमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण ...


