काठमाडौं– केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ ।
पुस्कर राउतको प्रस्तुतिमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलूक पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ ।
विनयराज पौडेलको डेब्यू निर्देशकिय रहने फिल्मको कलाकारहरुको हाल धमाधम छ्नोटका काम भइरहेको छ ।
उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी बैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि निर्देशक पौडेलकै रहेको छ ।
दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम ...
‘आम नागरिक’ बन्ने


