‘हात्तिछाप’ को ट्रेलरले सम्झाएका दुई फिल्मी गीत

KalakarmiKalakarmiSourceJan 24, 20241 min read
‘हात्तिछाप’ को ट्रेलरले सम्झाएका दुई फिल्मी गीत
काठमाडौं– यही माघ २६ देखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘हात्तिछाप’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले पुराना दुई गीतलाई ताजा बनाएको छ । ‘जिन्दगानी’ फिल्मको ‘माया नै माया छ तिम्रो नाउँमा’ बोलको गीत यो फिल्मको ट्रेलरमा समेटिएको छ । उदित नारायण झाको स्वर र सम्भूजीत बासकोटाको संगीत रहेको उक्त गीतमा दिलिप रायमाझी र करिश्मा मानन्धरले अभिनय गरेका थिए । त्यो बेलादेखि यो बेलासम्म उस्तै मन पराईने गीतलाइ ‘हात्तिछाप’ को ट्रेलरमार्फत फेरि चर्चामा तानिएको छ । यो गीत फिल्ममा विलसन विक्रम राईले गाउँदै गरेको देख्न सकिन्छ । ‘उकाली ओराली गर्दै’ ...