चार भाषामा तयार हुँदैछ ‘गोर्खा वारियर’, फागुन ११ गतेदेखि प्रदर्शन

KalakarmiKalakarmiSourceJan 23, 20241 min read
चार भाषामा तयार हुँदैछ ‘गोर्खा वारियर’, फागुन ११ गतेदेखि प्रदर्शन
काठमाडौं– आगामी फागुन ११ गतेदेखि नेपालमा प्रदर्शन हुने ऐतिहासिक नेपाली अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ विभिन्न चार भाषामा तयार भईरहेको छ । यो फिल्मको नेपाली भर्सन तयार छ भने हिन्दी, अंग्रेजी तथा कोरियन भर्सन तयारीको अन्तिम चरणमा पुगेको छ । यो फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यसैबीच, गोर्खा वारियरको हिन्दी संस्करणको स्वरांकन कार्य मुम्बईमा अन्तिम चरणमा पुगेको छ । यो फिल्मका मुख्य अभिनेता रितेस चाम्सको हिन्दी संस्करणको स्वराँकन भारतका चर्चित डविङ आर्टिष्ट सचिन गोलेले ...