काठमाडौं– अभिनेता दयाहाङ राई तथा अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको नयाँ नेपाली फिल्म ‘दयारानी’ को टीजर सार्वजनिक भएको छ ।
बिहीवार सार्वजनिक गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टीजरमा उनीहरु श्रीमान्–श्रीमतीका रुपमा देखिएका छन् ।
सार्वजनिक टीजरमा निःसन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । त्यसक्रममा दयाले दीयाको उक्त प्रस्ताव अस्वीकार गरेको देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ ।
हास्य प्रधानसँगै केही गम्भिरता प्रदान गरेको फिल्मको यो टीजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ । ‘मिस्टर झोले’ मा पहिलो पटक एकसाथ काम गरेका ...
‘दयारानी’ को टीजरमा दया र दीयाको लोभलाग्दो केमेष्ट्रि (भिडियो)


