काठमाडौं– प्रदर्शनको क्रममा रहेको नयाँ नेपाली फिल्म ‘अगस्त्य’ को टिमले दर्शकलाई नयाँ सरप्राइज दिएको छ ।
यो फिल्ममा मुख्य कलाकारको रुपमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको भन्दै प्रचार गरिएको थियो । तर, फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको भन्दै उनको फस्टलूक सार्वजनिक गरिएको छ ।
फिल्म ‘दिमाग खराब’ मा समेत आफ्नो सरप्राइज भूमिकाले निश्चलले दर्शकलाई मनोरञ्जन दिएका थिए । अब, फागुनको १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य’मा पनि उनको महत्वपूर्ण भूमिका रहेको खुलेको हो ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म ...
दर्शकलाई सरप्राइज दिँदै ‘अगस्त्य’ टीम


