३५ दिनमा प्याकप भयो ‘जनै हराएको बाहुन’ 

KalakarmiKalakarmiSourceMay 13, 20251 min read
३५ दिनमा प्याकप भयो ‘जनै हराएको बाहुन’ 
काठमाडौं- फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो । निर्माणपक्षले उक्त इन्डक्ल्याप पार्टीमा फिल्मको सम्पूर्ण छायांकन ३५ दिनमा सम्पन्न भएको जानकारी गराएको छ । यो फिल्म छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको निर्माणपक्षले जानकारी दिएको छ । ‘फिल्म अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको छ,’ निर्देशक हिमाल न्यौपानेले भने, ‘अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो फिल्म दिनेछौँ ।’ फिल्मलाई हिमाल न्यौपानेको निर्देशन ...