काठमाडौं- फिल्म ‘शिवांश : च्याप्टर–१’को छायांकन प्रारम्भ भएको छ । पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी फिल्मको छायांकन प्रारम्भ भएको हो ।
निर्माणको घोषणा गरिएको छोटो समयमै छायांकन प्रारम्भ भएको ‘शिवांश : च्याप्टर–१’को पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिने निर्माता अञ्जान केसीले जानकारी गराए ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिकामा छ । फिल्ममा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको अभिनय ...
‘शिवांश: च्याप्टर–१’ को छायांकन प्रारम्भ


