‘अगस्त्य’ का लागि २० केजी तौल बढाउने नाजिर, पोस्टरमा देखियो झलक

KalakarmiKalakarmiSourceJan 16, 20241 min read
‘अगस्त्य’ का लागि २० केजी तौल बढाउने नाजिर, पोस्टरमा देखियो झलक
काठमाडौं– फागुन १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अगस्त्यः च्याप्टर १’ को फस्टलुकले निकै चर्चा पायो । अभिनेता सौगात मल्लको दुई फरक गेटअपको पोष्टरले चर्चा पाएपछि फिल्मको हाइप पनि ह्वात्तै बढेको छ । अहिले आएर यो फिल्मको निर्माण पक्षले अभिनेता नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ । नाजिरले फिल्ममा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिएका छन् । नाजिरको गेटअप हेर्दा पनि उनले फिल्मका लागि निकै मिहिनेत गरेको देखिन्छ । निर्माणपक्षले दिएको ...