काठमाडौं– छायाँछवि क्रियशनले आयोजना गर्ने नेपाली फिल्म अवार्ड प्रिज्मा डि सिने अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । यो वर्ष २०८० मा प्रदर्शन भएका फिल्महरुबीच प्रतिस्पर्धा गरिएको आयोजक संस्थाको भनाइ छ ।
२०८१ को अवार्ड समारोह भने आगामी दशैँ तथा तिहारको बीचमा आयोजना गरेर अवार्ड समारोहलाई निमयितता दिने छायाँछवि क्रियशन एवं अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
नेपाली फिल्म तथा फिल्मकर्मीहरुलाई प्रोत्साहन गर्ने, राम्राभन्दा राम्रा फिल्म बनाउन प्रेरित गर्ने, अवार्डका माध्यमबाट सिर्जनात्मक रुपमा स्रष्टा, सर्जकहरु उत्कृष्टतातिर ध्यान दिन सकून् भन्ने उदेश्यले डि सिने अवार्ड आयोजना गर्दै आएको आयोजक संस्थाले स्पष्ट ...
प्रिज्मा डि सिने अवार्डको मनोनयन सार्वजनिक


