इतिहास रच्दै ‘नरसिंहाः अवतार’ को ट्रेलर, १५ मिनेटमै ट्रेन्डिङमा

KalakarmiKalakarmiSourceMay 9, 20251 min read
इतिहास रच्दै ‘नरसिंहाः अवतार’ को ट्रेलर, १५ मिनेटमै ट्रेन्डिङमा
काठमाडौं– महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलरले इतिहास कायम गरेको छ । बिहीवार साँझ सुन्धारास्थित सिभिल मलमा आयोजित कार्यक्रममा फिल्मको एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित ट्रेलर सार्वजनिक भएको १५ मिनेटमै यूट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । कुनै पनि नेपाली कन्टेन्ट यति कम समयमा ट्रेन्डिङमा आएको सम्भवतः यो पहिलो पटक हो । हाल फिल्म सेक्सनको ट्रेन्डिङको चौथो स्थानमा आइसकेको ट्रेलरलाई पछिल्लो १२ घण्टामा झण्डै चार लाख पटक हेरिएको छ । यसबाट पनि दर्शक यो फिल्मप्रति कत्तिको उत्साहित छन् भन्ने कुरा प्रमाणित हुन्छ । फिल्मको ट्रेलरमा राजेश ...