अभिनेता खड्काको जिज्ञासा- ‘चलचित्र क्षेत्रलाई संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत किन नराख्ने ?’ (भिडियो)

KalakarmiKalakarmiSourceJan 16, 20241 min read
अभिनेता खड्काको जिज्ञासा- ‘चलचित्र क्षेत्रलाई संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत किन नराख्ने ?’ (भिडियो)
काठमाडौं– फिल्म अभिनेता प्रदीप खड्काले नेपाली फिल्म क्षेत्रलाई सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत राखिनु आफूलाई कौतुलहताको विषय लागेको बताएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणका बारेमा जानकारी दिने उदेश्यले मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेता खड्काले नेपाली फिल्म क्षेत्रमा सञ्चार मन्त्रालय अन्तर्गत राखिनु पर्ने कुराले आफूलाई सोच्न बाध्य बनाएको तर्क गरेका हुन् । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको समारोहमा अघिल्ला वर्ष फिल्म ‘प्रकाश’ बाट उत्कृष्ट अभिनेताको रुपमा पुरस्कृत भैसकेका अभिनेता खड्काले आफू फिल्म क्षेत्रको सिकारु विद्यार्थी झैँ भए पनि फिल्मलाई सञ्चार मन्त्रालयको मातहतमा राखिनु आफ्नो ...