काठमाडौं – आठ वर्षपछि चलचित्रमा फर्किएका अभिनेता राजेश हमालको एक्सन प्रधान चलचित्र ‘नरसिंहा अवतार’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा भएको कार्यक्रममा ३ मिनेट १५ सेकेन्डको ट्रेलर देखाइएको हो । ट्रेलरमा बलात्कार, हत्या, हिंसा र भ्रष्टाचार जस्ता गम्भीर विषयहरूमाथिको लडाइँ समेटिएको छ । राजेश हमाल ट्रेलरमा दुई फरक गेटअपमा एक्सन गर्दै देखिएका छन् । […]


