अभिनेत्री भट्टराई भन्छिन्– ‘बालबालिकासंग समय बिताउन प्रायः बाल आश्रम गइरहन्छु’

KalakarmiKalakarmiSourceMay 8, 20251 min read
अभिनेत्री भट्टराई भन्छिन्– ‘बालबालिकासंग समय बिताउन प्रायः बाल आश्रम गइरहन्छु’
काठमाडौं– अभिनेत्री सनिशा भट्टराईलाई बालबालिकासंग समय बिताउन रमाइलो लाग्छ । यही जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ का कारण चर्चामा रहकी सनिशा भरखरै पनि ललितपुरको लुभुमा रहेको भ्वाइस अफ चिल्ड्रेन आश्रममा पुगेकी छिन् । उनले त्यहाँ बालबालिकासंग साक्षात्कार गर्नुका साथै आफ्नो प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ को बारेमा कुराकानी पनि गरेकी छिन् । उनी पहिला पनि त्यहाँ समय बिताउनका लागि जाने गरेको र यस पटक भने फोटो शेयर गरेको कलाकर्मीसंगको कुराकानीमा बताएकी छिन् । त्यसो त अहिले उनी आफ्नो फिल्मको प्रचार–प्रसारमा पनि व्यस्त छिन् । ...