‘ऊनको स्वीटर’ को भव्य प्रीमियरः निर्देशक चौहान भन्छन्- ‘आत्मिक प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सक्दिन’

KalakarmiKalakarmiSourceMay 8, 20251 min read
‘ऊनको स्वीटर’ को भव्य प्रीमियरः निर्देशक चौहान भन्छन्- ‘आत्मिक प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सक्दिन’
काठमाडौं– शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को भव्य प्रिमियर बुधवार साँझ राजधानी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भयो । एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी, र शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न प्रीमियरले फिल्मप्रति उच्च उत्साह देखाएको छ । प्रीमियर कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, सांसद असिम शाह, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । फिल्म युनिटबाट प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, ...