काठमाडौं– अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन् ।
अभिनेत्री लामिछानेको जन्मदिनको अवसर पारेर फिल्ममा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ । निर्मात्री समेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’बाट नेपाली फिल्ममा मुख्य अभिनेत्रीको रूपमा डेव्यु गरेकी हुन् ।
उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘आँखा’ गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । यससँगै उनको मुख्य भूमिका रहेको फिल्म ‘म राजेश हमाल’ प्रदर्शनको तयारीमा छन् ।
गत वर्षको सुपरहिट फिल्म ‘घरज्वाइँ’ निर्माण टिमले बनाउन लागेको ‘मितज्यू’को छायांकन आगामी मंसिरबाट सुरु हुनेछ । गत वर्षको असार ...
‘मितज्यू’ मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित


