काठमाडौं– निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘पीआर’ को दोस्रो सेड्यूल धम्पुसबाट प्रारम्भ भएको छ । अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको फिल्मको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो ।
सोमवार यो फिल्मको विवाह समारोहको एक दृश्य खिचिएको निर्माण टिमले जानकारी गराएको छ । उक्त दृष्यमा अभिनेता दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल तथा बिनिता कार्कीले अभिनय गरेका छन् ।
निर्देशक बस्नेतले यतिबेला कास्कीको धम्पुसमा धमाधम छायांकन भइरहेकोसमेत जानकारी दिएका छन् । उनका अनुसार यो फिल्मको छायांकन धम्पुसबाहेक पोखरा तथा चितवनमा गरिने छ ।
फिल्मको कथा अनुसार नै छायांकन भइरहेको समेत ...
अष्ट्रेलियापछि धम्पुसमा खिचिँदै ‘पीआर’


