काठमाडौं- लोकप्रिय टेलिभिजन श्रृंखला ‘जुठे’ बाट हास्यकलाकार राजु मास्टर बाहिरिएका छन्। सामाजिक सञ्जालमार्फत एक भावुक पोस्ट लेख्दै उनले श्रृंखलाबाट आफ्नो बहिर्गमनको जानकारी दिएका हुन्।
राजु मास्टर ‘जुठे’मा गोथे नामक हास्य पात्रको भूमिकामा देखिँदै आएका थिए। उनी श्रृंखलामा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) सँग मिलेर लेखन, निर्देशन र अभिनयको समेत जिम्मेवारी सम्हालिरहेका थिए।
पोस्टमा उनले लेखेका छन्,‘जुठे’ सिरियलको एक पात्र, अझै भनौं साना साना भाइबहिनीहरूको र बुढाबुढी भएका बा आमाहरूको अनुहारमा हाँसो छर्ने पात्र ‘गोथे’,अबको लागि श्रृंखलामा टुंगिएको छ।”
उनले अहिलेसम्मको यात्रामा साथ दिने सबै कलाकारहरू र दर्शकहरूलाई मुरीमुरी धन्यवाद व्यक्त गरेका छन्। उनले भनेका ...
‘जुठे’ सिरियलबाट बाहिरिए राजु मास्टर, पात्र ‘गोथे’को यात्रा टुंगियो


