नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा देवीभक्त श्रेष्ठ

KalakarmiKalakarmiSourceMay 6, 20251 min read
नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा देवीभक्त श्रेष्ठ
बिर्तामोड- नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा साहित्य, संगीत तथा कलाका सर्जक देवीभक्त श्रेष्ठ चयन भएका छन्। नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंले उनलाई नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा मनोनीत गरेको हो। पर्यटन प्रवर्द्धन लगायतका विभिन्न व्यवसायमा पाँच दशक बढी निरन्तर सेवा दिन सफल बिर्तामोड निवासी श्रेष्ठ साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष हुन् । नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको प्रथम उपाध्यक्ष दिनेशराज शर्मा, द्वितीय उपाध्यक्ष हिम्मत नेम्बाङ, तृतिय उपाध्यक्ष टंक विकल्प रहेका छन् । त्यस्तै महासचिव दिलीप घिमिरे, सचिव तुलसीप्रसाद निरौला, सहसचिव याम खरेल, कोषाध्यक्ष चित्रा ...