काठमाडौं- अभिनेत्री उषा पौडेल दोस्रो पटक विवाह वन्धनमा बाँधिएकी छिन् । उनले अमेरिकाको बाल्टिमोर निवासी राहुल केसीसंग अदालती विवाह गरिसकेको बताइन्छ ।
अभिनेत्री पौडेलको निकट स्रोतले जानकारी दिए अनुसार उनीहरुले यही मे ११ अर्थात वैशाख २८ गते हिन्दु परम्परा अनुसार परम्परागत विवाह गर्ने तयारी गरेका छन् ।
भनिन्छ, अभिनेत्री पौडेलले श्रीमानको रुपमा रोजेका व्यक्ति पनि कलाकारिता क्षेत्रसंगै आवद्ध छन् । केही नेपाली फिल्ममा अभिनय गरिसकेका कलाकार केसी इनास अमेरिकाका वर्तमान अध्यक्षसमेत हुन् ।
नवविवाहित पौडेल तथा केसीको जोडीलाई मंगलमय शुभकामना ।
अभिनेत्री उषा पौडेलले गरिन् विवाह


