काठमाडौं- अभिनेत्री सुरक्षा पन्त अहिले सामाजिक सञ्जालमा चर्चित छिन् । एउटा टेलिभिजन कार्यक्रममा राजपरिवार तथा त्यसका सदस्यको बारेमा सोधिएको प्रश्नको जवाफ दिएपछि उनलाई सामाजिक सञ्जालमा एकोहोरो खेलिएको हो ।
अभिनेत्री पन्तले दिएको अभिव्यक्ति मन नपराउने जमातले उनीमात्र होइन, उनले अभिनय गरेका फिल्महरु वहिष्कार गर्ने अभियान नै चलाए । वहिष्कारवादीहरुकै कारण सुरक्षाको पछिल्लो फिल्म ‘खेल’ नचलेकोमा उनीहरु खुशी पनि भए । विस्तारै यो प्रकरण सेलाउँदै गएको छ ।
यसबीच, सुरक्षाले प्रतिकारमा एक शब्द पनि बोलिनन्, न त वहिष्कारवादीहरुलाई कुनै जवाफ फर्काइन् । उनले कसैप्रति गुनासो पनि गरिनन्, जे-जे हुँदै जान्छ, ...
विवादबीचमा सुरक्षा भन्छिन्: ‘भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो’


