काठमाडौं- यस वर्षको बडादशैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘बलिदान’ को प्रि-टीजर सार्वजनिक गरिएको छ । यो भिडियो सामग्री फिल्मका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो ।
प्रि-टीजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ- ‘देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म ।’
भिडियोको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ...
अभिनेता समीर भट्टको जन्मदिनमा ‘बलिदान’ को प्रि-टीजर


