काठमाडौं – मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन संगीतप्रेमीहरूले भरिएको थियो । ‘ऊनको स्वीटर’ साँझ मनाउन तम्तयार दर्शक/श्रोता एउटा अलग्गै आवाज सुन्न र स्वागतका हात हल्लाउने प्रतीक्षामा थिए । नभन्दै स्टेजमा आफ्नो साङ्गीतिक टिमसँगै पछिल्लो समयका मनप्रिय गायक सुजन चापागाईँ उक्लिए । र दर्शकहरूलाई जादुमयी स्वरले पहिलो कोसेली पस्किए, ‘लजाएर एक्लै किन बसेकी मायालु ।’
करिब दुई वर्षपछि सुजन लाइभ कन्सर्टमा फर्किएका थिए । यही वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको हुन लागेको आर्टमान्डूको पहिलो चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको भिन्न शैलीस्वरुप सुजनको कन्सर्ट आयोजना गरिएको हो ।
सुजन चापागाईँ एन्ड इन्फिनिटी ...
‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन चापागाईँ, छोटो समयमै युट्युबको शीर्षस्थानमा ट्रेलर


