सातौँ हप्तामा ४० शो कायम राखेको ‘अञ्जिला’ भोजपुरमा विशेष प्रदर्शन, ५१ दिने सेलिब्रेसनको तयारी

KalakarmiKalakarmiSourceApr 27, 20251 min read
सातौँ हप्तामा ४० शो कायम राखेको ‘अञ्जिला’ भोजपुरमा विशेष प्रदर्शन, ५१ दिने सेलिब्रेसनको तयारी
भोजपुर- नेपाली चलचित्र उद्योगमा सङ्घर्षशील महिलाहरूको प्रेरणादायी कथा लिएर आएको फिल्म ‘अञ्जिला’ भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा विशेष रूपमा प्रदर्शन भएको छ ।  नगर प्रमुख कैलाश कुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिका हलमा फिल्म ५ सय दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन भएको निर्देशक मिलन चाम्सले बताए । यस विशेष शोमा फिल्मका निर्देशक मिलन चाम्स स्वयं उपस्थित रहे । उनले भोजपुर, जहाँ पहिले फिल्म हल थियो तर, विविध कारणले बन्द भयो, यहाँ लगातार शोहरु हुनु गौरवको विषय रहेको बताए । निर्देशक चाम्सले भने, ‘फिल्म हल नभएको स्थानमा लगातार शो हुनु आफैँमा ऐतिहासिक ...