फिल्म ‘एक्लो’ की अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक

KalakarmiKalakarmiSourceApr 27, 20251 min read
फिल्म ‘एक्लो’ की अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौं- नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । आज मातातिर्थ औंशी आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही सामाजिक संजालमा लेख्छन् ‘आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्रस्तुत गर्दैछौं । एक प्रतिभाशाली अभिनेत्री, जसको अद्भुत साहसिकता पनि छ,उहाँले सगरमाथा समेत आरोहण गर्नुभएको छ। यो आमाको दिनको अवसरमा, उहाँले फिल्ममा एउटा समर्पित र मायालु आमाको भूमिका निर्वाह गरेको योगदानलाई सम्मान गर्ने उपयुक्त मौका हो। सबै आमाहरूलाई सुखद आमाको दिनको शुभकामना। आउनुहोस्, हामी ...