१५ तल्लामा रहेको एक्लो छोरा सम्झेर आत्तिनेदेखि दिदीको छोराको मृत्यु र लड्दै–पड्दै घरसम्म पुगेको बेहाल, सेलिब्रेटीले भूकम्पमा खेपेको दुःखको पहाड

KalakarmiKalakarmiSourceApr 25, 20251 min read
१५ तल्लामा रहेको एक्लो छोरा सम्झेर आत्तिनेदेखि दिदीको छोराको मृत्यु र लड्दै–पड्दै घरसम्म पुगेको बेहाल, सेलिब्रेटीले भूकम्पमा खेपेको दुःखको पहाड
काठमाडौं– १२ वैशाख २०७२ । आजभन्दा ठिक दश वर्षअघिको उक्त कहालीलाग्दो दिनको सम्झना शायदै कसैले गर्न चाहन्छ । उक्त शनिवार बिहान ११ः५७ बजेको समय राजधानी काठमाडौं लगायत वरपरका जिल्लामात्र होइन देशका प्रायः अधिकांश भूभाग थर्किएको दिन, हल्लिएको, घरहरु भत्किएको, भत्किएका घरहरुले मानिसहरुलाई थिचेको, घाइते बनाएको अनि प्राण नै हरेको दिन प्रायः सबैले सम्झन चाहँदैन । तर, जति नै दुःखद, कहालीलाग्दो दिन भए पनि भविष्यमा त्यस्ता प्राकृतिक विपत्तिबाट कसरी जोगिन सकिन्छ भन्ने कुराको हेक्का राख्नसमेत त्यस्ता त्रासदीपूर्ण दिनहरु सम्झनु पर्छ । आज २०८२ वैशाख १२ गते । २०७२ सालको भूकम्प आएको नौ ...