काठमाडौं – आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन यस चलचित्रका गीत निर्देशकसमेत रहेका चर्चित गायक सुजन चापागाईँ चलचित्रका प्रमुख कलाकारहरूसहित देशभरका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट तथा साङ्गीतिक कार्यक्रममार्फत संवादमा उत्रने भएका छन् । ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । […]
सुजन चापागाईँको कन्सर्टसहित पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ कार्यक्रम आयोजना हुने


