पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’, सुजन चापागाईँको विशेष प्रस्तुति

KalakarmiKalakarmiSourceApr 25, 20251 min read
पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’, सुजन चापागाईँको विशेष प्रस्तुति
काठमाडौं– आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ऊनको स्वीटर’ को प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउन यो फिल्मका गीत–संगीत निर्देशकसमेत रहेका गायक सुजन चापागाईँ फिल्मका प्रमुख कलाकारहरूसहित देशभरका दर्शकसँग प्रत्यक्ष भेटघाट तथा सांगीतिक कार्यक्रममार्फत संवादमा उत्रने भएका छन् । ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । यो कार्यक्रममा सुजनसँगै फिल्मका प्रमुख कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राई र निर्देशक नवीन चौहानको विशेष उपस्थिति रहने छ । पोखराको लेकसाइडस्थित हल्लन चोकमा शुक्रवार अपराह्न ४ बजेदेखि ...