टिकटकको पहिलो नेपाली ‘फेमिली पेयरिङ एड’ मा निखिल–सञ्चिताको परिवार नै

KalakarmiKalakarmiSourceApr 24, 20251 min read
टिकटकको पहिलो नेपाली ‘फेमिली पेयरिङ एड’ मा निखिल–सञ्चिताको परिवार नै
काठमाडौं– नेपालमा आधिकारित रुपमा दर्ता भएर लाखौं नेपालीको मन जित्न सफल भिडियो शेयरिङ एप टिकटकले पहिलो पटक नेपाली भाषाको विज्ञापन निर्माण गरेको जानकारी प्राप्त भएको छ । कलाकर्मीले प्राप्त गरेको जानकारी अनुसार टिकटकको उक्त ‘फेमिली पेयरिङ एड’ मा लोकप्रिय अभिनेता निखिल उप्रेती तथा अभिनेत्री सञ्चिता लुईँटेल उप्रेतीको परिवारलाई नै समेटिएको छ । आगामी मे २ का दिन सार्वजनिक हुने उक्त विज्ञापनमा निखिल तथा सञ्चिताको साथमा उनीहरुका छोरा अर्थव तथा छोरी सान्भीलाई फिचर गरिएको बताइन्छ । बालाजुस्थित एनएफडिसीको स्टुडियोमा केही दिनअघि छायांकन गरिएको उक्त विज्ञापनलाई अनिल न्यौपानेले निर्देशन गरेका हुन् ...