‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक (भिडियो)

KalakarmiKalakarmiSourceApr 24, 20251 min read
‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक (भिडियो)
काठमाडौं– आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । बुढासुव्वाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक चर्चित कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको भिडियो काठमाडौंस्थित बालमन्दिरमा भव्य सेटमा छायांकन गरिएको हो । गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसी लगायत चर्चित कलाकारहरूको ऊर्जा र नृत्य देख्न सकिन्छ। ...