वैशाख १९ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झिल्को’को ट्रेलर सार्वजनिक गरिएको छ। आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा यस फिल्मले प्रस्तुत गर्ने संकेत ट्रेलरमार्फत गरिएको छ। ट्रेलरको सुरुवात विद्यालयमा अध्ययनरत एक बालिकाले मोबाइल फोन बोकेर विद्यालय आउँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट हुन्छ। […]
‘झिल्को’को ट्रेलर, डिजिटल लतले निम्त्याउने संकटको संवेदनशील कथा


