चार नयाँ पोस्टरमा रेखा थापाको ‘उपहार’

KalakarmiKalakarmiSourceJan 15, 20241 min read
चार नयाँ पोस्टरमा रेखा थापाको ‘उपहार’
काठमाडौं- रेखा थापाको नयाँ फिल्म ‘उपहार’ को चार नयाँ फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मका चार वटा फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर फस्टलुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरहरु मध्ये एक पोस्टरमा अभिनेत्री रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ । चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको उक्त पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ । पोस्टरमा अभिनेता मुकुन भुषाल ह्वील ...