काठमाडौं– ‘पिताम्बर’ को व्यवसायिक सफलतापछि अहिले कलाकारसँगै निर्देशक कृषा चौलागाईं पनि अत्यन्त उत्साहित छिन् ।
उनी तुरुन्त अर्को फिल्म बनाउने सोचमा छिन् । उनले कलाकर्मीसँगको पछिल्लो कुराकानीमा ‘पिताम्बर’ को सेकेण्ड पार्टको माग बढेकोले पिताम्बर–पार्ट २ बनाउँ की भन्ने सोचिरहेको छु’ भनेकी थिइन् ।
अहिले आएर उनले पिताम्बरको सिक्वेल भन्दा पनि अर्कै फिल्म बनाउने योजनामा लागेको बुझिएको छ । जब उनले मंगलवार अभिनेता अनमोल केसीसँगको तस्विर सामाजिक सन्जालमा शेयर गरिन्, तब अनमोल र निर्देशक चौलागाईँबीच केहि न केहि खिचडी त पाक्दै छैन ? भन्ने शंका उठेको छ ।
यहि कुरालाई लिएर कलाकर्मीले ...
अनमोल,प्रदीप र समिरलाई साथ लिएर फिल्म बनाउने तयारीमा कृषा ?


