‘महाभोज’को टिजरमा सहकारीको पैसा अपचलन भएपछि उत्पन्न परिस्थिति

eHimalaya TimeseHimalaya TimesSourceApr 22, 20251 min read
‘महाभोज’को टिजरमा सहकारीको पैसा अपचलन भएपछि उत्पन्न परिस्थिति
काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महाभोज’ले सहकारी ठगीको विषय उठाएको छ । मंगलबार सार्वजनिक टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ । चलचित्रमा अभिनेता दयाहाङ राई सहकारी प्रमुखको भूमिकामा हुनुहुन्छ । झण्डै दुई मिनेट लामो टिजरमा पैसाले निम्त्याएको पारिवारिक तथा सामाजिक द्वन्द्व र सहकारीको पैसा अपचलन भएपछि उत्पन्न परिस्थितिलाई देखाइएको छ ।